काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले आर्थिक वर्ष २०८२÷८३ को बजेट पुस्तिका संसद बैठकमै च्यातेका छन् ।
उनले अहिलेको बजेट उल्टो बाटोबाट हिँडेको भन्दै उनले संसद बैठकभित्रै बजेट पुस्तिका च्यातेका हुन् । खासगरी भौतिक पूर्वाधार मन्त्रालयको बजेटले दैलेखमात्र होइन धेरै तिरका जनतालाई सम्बोधन गर्न नसकेको बताए ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेता र न्यायाधीशको कल डिटेल सार्वजनिक गर्न माग गरेका छन् ।

