गोरखा जिल्लाको पालुंटार नगरपालीकाको १७ औ नगरसभामा खैलाबैला मच्चिएको छ । पालीकाको बेथितीका बिरुद्मा नेपाली कांग्रेश, नेपाल समाजबादी र एमालेबाट निर्वाचित सदस्य समेतको छलफलबाट असार ३ गते राखिएको नगरसभा अवेर सम्म शुरु हुन सकेन । खबरदारीको आवाजका लागी समन्वयात्मक भुमिका निर्वाह गरेको नेपाली कांग्रेस पालुंटारका सभापति बिमल ढकालका अनुसारनगरसभामा जानुभन्दा अगाडि नगरसभा सदस्यहरू नेपाली कांग्रेस पालुङटारको कार्यालयमा नेपाली कांग्रेसका सभापति बिमल ढकालको रोहबरमा विविध विषयमा छलफल भएको थियो।
छलफल कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित नगर सदस्यहरू नेपाल समाजवादी पार्टीका तर्फबाट निर्वाचित नगर सदस्यहरू एमालेबाट निर्वाचित नगर सदस्यहरू गरी ३५ जना नगर सदस्यहरू मध्ये नौ जना कार्यपालिका सदस्यहरू समेत उपस्थित थिए ।ढकालले सदस्यहरूको कुरा नसुन्ने सदस्यहरूलाई सभामा बोल्न रोक्ने तथा मनोमानी ढंगले एकतर्फी विषयगत समिति र वडाहरूमा छलफल नगरी नगर पालिकाको नीति तथा योजना बनाउने कार्य गरेकोले तीन दलीय संयन्त्र बीचमा समय माग गरी दोस्रो दिनमा सार्न बाध्य बनाएको बताए ।
३ गतेको बैठकमा धेरै सदस्यहरूले उपस्थितिमा सही सहि नगरी नगरको बेथिती सुधारका लागी सांकेतिक बिरोध गरेका थिए ।३ गतेको बैठक असहज भएपछि बैठक २०८२ असार ४ गते ३ बजेका लागि सारिएको थियो।
८२ साल असार ४ गते ३ बजेको बैठकमा नेपाली कांग्रेस नेपाल समाजवादी पार्टी नयाँ शक्ति र नेकपा एमालेका नगरसभा सदस्यहरूले ३ गते पेश गरेको नीति तथा कार्यक्रममा गौरवशाली पार्टीका महान सहिद द्वन्दकालीन भाषाहरूलाई संशोधन मा नीति तथा कार्यक्रममा समावेश हुनेगरी नीति तथा कार्यक्रम मा भएको द्वन्दसँग को संशोधनपछि नीति तथा कार्यक्रम पास गर्न सहमति भएर संशोधन सहित तथा कार्यक्रम पास भएको जनाईएको छ ।

