काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेको आरोप झुटो भएको तर्क गरेका छन् ।
बुधबार संसद् भवनमा पत्रकार सम्मेलन गर्दै उनले सहसचिव तीर्थराज भट्टराईसँग जोडेर आफूलाई पनि त्यसमा संलग्न भनिएको बारे स्पष्टीकरण दिएका छन् ।
उनले भने, ‘यो घटनामा मेरो कुनै प्रकारको संलग्नता छैन र मेरो विरुद्ध नियोजित ढङ्गले आक्रमण गरियो, यो भ्रमपूर्ण छ ।’
अख्तियारबाट हुने कारबाहीलाई खुला मनले स्वागत गर्नेमा जोड दिए ।

