स्याङ्जा। चितुवाले आर्कमण गर्दा एक जना घाइते भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका वडा नमबर ११ तल्लो पेखुका ४५ वर्षीय मुक्तबहादुर थापा आफ्नो कुखुराको खोरमा पसेको चितुवाको आक्रमणबाट घाइते भएका हुन् ।
कुखुराको खोरमा मङ्गलबार विहान साढे १ बजेतिर चितुवा पसेको जानकारी पाएपछि खोरमा पुगेका थापालाई चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए ।
घाइते थापाको गह्रौं प्राथमिक अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ । थापाको टाउको र बायाँ हातमा चोट लागेको छ ।

