जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले देशभर लागु औषधको समस्या डरलाग्दो रुपमा बढिरहेको बताएका छन् । जनकपुरमा शुक्रबार मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
गृहमन्त्री लेखकले लागु औषधको नियन्त्रण जरुरी रहेको बताए। उनले सडक दुर्घटना नेपालको अर्को विकराल समस्या रहेको बताउँदै सडक दुर्घटनाबाट दैनिक झण्डै सात जनाको ज्यान जाने गरेको जानकारी दिए । उनले देशभर आत्महत्यका कारण दैनिक १७ जनाको ज्यान जाने गरेको र साइबर क्राइम पनि डरलाग्दो समस्याका रुपमा आएको बताए । उनले लागु औषधको नियन्त्रणमा खटिएर लाग्न प्रदेशका सुरक्षा निकायहरुलाई निर्देशन दिए ।
‘‘ड्रग्सको धेरै ठुलो समस्या छ । देशभर नै लागु औषधको समस्या देखिएको छ । लागु औषधको नियन्त्रण जरुरी छ । सडक दुर्घटना अर्को ठुलो समस्यका रुपमा रहेको छ । एक दिनमा झण्डै सात जना मानिस सडक दुर्घटनाबाट मृत्यु हुने गरेको छ ।

