तिलगाउँका पहिराे पीडितको उद्धार गर्न सासंद लामाको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले हिमाली क्षेत्रमा रहेका सबै ताल जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समय लिएर बोलेका सांसद लामाले हुम्लाको लिमीस्थित तिलगाउँमा १ जेठमा हिमताल फुटेर गाउँ तहसनहस बनाएको घटना चर्चा गर्दै यस्तो बताएका हुन् ।

उनले तिलागाउँका बासिन्दा जोखिममा रहेको भन्दै तत्काल उद्धार तथा राहत सहायताको लागि सरकारको ध्यानाकर्षण गराए ।

‘हिमालपारीको गाउँ भनेर चिनिने हुम्लाको लिमीस्थित तिलगाउँमा जेठ १ गते हिमताल फुटेर गाउँ तहसनहस बनाएको छ । ४७ सय मिटरमाथि रहेको हिमताल फुट्दा तिलागाउँमा जनधनको क्षति पुगेको छ,’ सांसद लामाले भने, ‘काठका पाँचवटा पुल बगाएको छ । चार पाँच सय रोपनी खेतीमा लाग्ने सिंचाइकुलो क्षतविक्षत बनाएको छ भने १५ किलोवाट क्षमताको विद्युत परियोजना तहसनहस भएको छ ।’

सम्बन्धित समाचार

ताजा समाचार