मुस्लिम समुदायबिना नेपाली काँग्रेस अपुरो रहन्छ : अब्दुल सत्तार

कास्की । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अब्दुल सत्तारले नेपाली काँग्रेसका आम सदस्यहरुले अनुशासनमा बस्नुपर्ने बताएका छन् ।

कास्कीको रुपा गाउँपालिकामा शनिवार आयोजित पालिकाको दोश्रो सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय सरकारको समेत नेतृत्व गरिरहेको नेपाली काँग्रेसले अब फरक ढङ्गले जनतामाझ सही ढङ्गले प्रस्तुत भइ जनताका जायज माग, इच्छा आकांक्षालाइ राख्दै समतामूलक समाज निर्माण र बिकास निर्माणका कार्यहरुमा समेत अग्रसर हुनुपर्नेमा जोड दिए ।

उनले मुस्लिम समुदाय, आदिवासी र जनतातीको हक र अधिकारको बिषयमा अब काँग्रेस दृढता पुर्वक लाग्ने समेत बताएका छन् ।

उनले भने,- ´नेपालका मुस्लिमहरुलाइ हिन्द महासागर हुँदै नेपाल आएको भन्दै व्याख्या गर्ने अधिकार कसले दियो ? त्यसको आधार के हो ? यो किन मुस्लिम समुदायलाइ मात्रै तार्गेट भएको छ ? तराइका मुस्लिमहरुलाइ मधेसी भन्दा ठिकै भएको थियो तर पहाडका मुस्लिमहरुको अवस्था के हुन्छ ? तसर्थ काँग्रेसले चाहान्छ मुस्लिम समुदाय एउटा अलग समुदाय हो ।´

मुस्लिम समुदायलाई सही तरिकाले व्याख्या गर्दै नेपालको संविधानले पनि नेपालका मुस्लिमलाई नेपालकै हुन् भन्ने बिषयलाइ राख्नुपर्ने धारणा ब्यक्त गरे ।

आदिवासी, जनजाती, मुस्लिम मधेसी, थारु र खस समुदाय लगायतलाइ एक ठाउँमा राखेको र सबैका हक र अधिकारलाइ सुनिश्चित गरेको उनले बताए ।

सत्तारले रुपाका मुस्लिम समुदायलाइ सम्बोधन गर्दै नेपाली काँग्रेस नभइ मुस्लिम समुदाय रहन नसक्ने र मुस्लिम समुदाय बिना नेपाली काँग्रेसपनि अपुरो रहने बताए ।

नेपाली काँग्रेस मुस्लिम समुदायका लागि मुलुकको उच्च पार्टी भएको केन्द्रिय सदस्य सत्तारको तर्क छ ।

सम्बन्धित समाचार

ताजा समाचार