रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

मिश्रको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उनलाई थुनामुक्त गर्ने आदेश दिएको हो ।

मिश्र ५० भन्दा धेरै दिनदेखि प्रहरी हिरासतमा थिए । उनलाई कानुन व्यवसायीको रोहबरमा थुनामुक्त गरिएको छ ।

१५ चैतमा तीनकुनेमा भएको राजावादीको प्रदर्शनपछि प्रहरीले सोही दिन मिश्रलाई पक्राउ गरेको थियो । उनलाई प्रहरीले आठ पटकसम्म म्याद थप गरेर हिरासतमा राखेको थियो ।

मिश्र श्रीमती सारिका कार्कीले दर्ता गरेकाे निवेदन उपरकाे बहसपछि इजलासले गरेकाे आदेशमा  १० वैशाखमा हिरासतमा राख्न अनुमति दिँदा नै उनीबाट संकलन गर्नुपर्ने प्रमाणहरु संकलन भइसकेको अवस्था देखाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम हाजिर जमानीमा छोड्न ध्यानाकर्षण गराइएको उल्लेख छ ।

 

सम्बन्धित समाचार

ताजा समाचार