सत्तारुढ दलकै भेट्रान नेताहरु प्रि–बजेट छलफलमा सक्रिय नदेख्दा आश्चर्य लागेको छः सांसद थापा

नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सत्तारुढ दलकै अनुभवी नेताहरू सक्रिय नभएको बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभाको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद थापाले प्रि–बजेट छलफलमा सत्तारुढ दलकै ‘वाकपटु’ र ‘भेट्रान’ नेताहरू सक्रिय नहुँदा आश्चर्यमा परेको बताएकी हुन् ।

नेपाली काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले बजेट वक्तव्य जारी नहुँदै सत्तारुढ दलकै नेताले बजेट पुस्तक च्यात्ने धम्की दिनेकुरा पनि आश्चर्य भएको थापाको भनाइ छ । बुधवारको सभाको बैठकमा नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले अगामी आर्थिक वर्षको बजेटमा आफ्नो जिल्लाको सडक निर्माणका लागि बजेट विनियोजन नगरिए बजेट पुस्तक च्यात्ने चेतावनी दिएका थिए ।

सांसद थापाले सत्तारुढ दलकै नेताहरूले प्रतिपक्षीको जस्तो व्यवहार गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

उनले भने ‘नीति तथा कार्यक्रम र चालु बजेटका सिद्धान्त र प्राथमिकताको चालु बहसमा म केही वाकपटु माननीयज्यरुहरु र भेट्रान नेताज्यहरुलाई सक्रिय देखिरहेको छैन । मलाई आश्चर्य लागेको छ । हिजो त सत्तापक्षकै एकजना वरिष्ठ सांसद माननीयज्युहरुले आफ्नो जिल्लाको सडकमा बजेट नपरे बजेट पुस्तक च्यात्छु भन्न कुनै संकोच मान्नु भएन । यो पनि एउटा आश्चर्यकै अभ्यास भएको छ । यसअघिका तीन जना अर्थमन्त्रीहरू त्यही क्षेत्रबाट भन्नु भएको रहेछ । हामी नयाँ सांसदहरूलाई पुराना पाका र अग्रज सांसदहरूले बजेट वक्तव्य नआउँदै बजेट च्यात्ने कुरा रोष्ट्रमबाट प्रशिक्षित गर्ने कुरा मिलेन कि ? आज के भन्न मन लागेको छ भने प्रधानमन्त्री केपी शर्मा ओली निर्दलीय प्रधानमन्त्री होइन दुई ठूला राजनीतिक पार्टी र अन्य साना पार्टीको संयुक्त सरकारको प्रधानमन्त्री हुनुहुन्छ ।’

सत्तारुढ दलकै सांसदहरूले प्रतिपक्षीको जस्तो व्यवहार गरे सहकार्य बलियो र सुदृढ नहुने भन्दै यसतर्फ सोच्न आवश्यक रहेको बताए ।

सम्बन्धित समाचार

ताजा समाचार