नेकपा एमालेका महासचिव शंकर पोखरेलले एउटै राजनीतिक दलले पाँच वर्ष मुलुकको नेतृत्व गर्न मिल्ने आधार तयार गर्न आवश्यक रहेको बताएका हुन्।
काठमाडौंमा नेकपा एमालेले आयोजना गरेको नेपालको वर्तमान आर्थिक अवस्था र आगामी बजेटको सन्दर्भमा राजनीतिक पार्टीले लिनुपर्ने पहलकदमी सम्बन्धमा निजी क्षेत्रका व्यवसायीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकमा बलियो राज्यको सरकारको निर्माण नभएसम्म सुधारको प्रक्रिया कमजोर हुने बताए।
उनले बलियो निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न जरुरी रहेको बताए। उनले आगामी निर्वाचनमा मिलीजुली सरकार नभइ एउटै राजनीतिक दलले पाँच वर्ष नै सरकार चलाउने खालको आधार तयार गर्नुपर्ने बताए।
महासचिव पोखरेलले राष्ट्रिय पार्टीहरूलाई बलियो नबनाएसम्म नीतिगत सुधार हुन नसक्ने बताए। राष्ट्रिय पार्टीहरूलाई बलियो बनाउन निजी क्षेत्र एक भएर उभिनुपर्ने बताए। प्रशासनिक झमेला र सुधारमा सबैले समस्या व्यहोरिरहेको भन्दै नेपालको ब्युरोकेसीलाई लोभी बनाउने काम राजनीतिक दल र निजी क्षेत्र नै रहेको बताए।
महासचव पोखरेलले मौद्रिक नीति स्थिर बनाउन नसके व्यवसायका जोखिमहरू जहिले पनि रहने बताए। आर्थिक विकासमा मौद्रिक नीतिको स्थिरता जरुरी रहेको उल्लेख गरे।

