राजनीतिक कार्यकर्ताहरुलाई ‘झोले’ र निजी क्षेत्रलाई विचौलिया र दलाल भनिएकोप्रति मन्त्री भण्डारीको आपत्ति

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेकपा एमाले नेता दामोदर भण्डारीले राजनीति सही ढंगले परिचालित भए व्याप्त निराशा चिर्न सकिने बताएका छन्।

काठमाडौंमा नेकपा एमालेले आयोजना गरेको नेपालको वर्तमान आर्थिक अवस्था र आगामी बजेटको सन्दर्भमा राजनीतिक पार्टीले लिनुपर्ने पहलकदमी सम्बन्धमा निजी क्षेत्रका व्यवसायीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले उद्योगीहरूका माग र मुद्दाहरू सम्बोधन गर्दा दलाल, विचौलियासँग सरकारको मिलोमतो छ भन्ने गरिएकोप्रति आपत्ति जनाए। उनले अर्थतन्त्र चलायमान बनाउन सरकारले केन्द्र भागमा राखेर काम गरिरहेको उल्लेख गरे।

उनले अहिले राजनीतिक कार्यकर्ताहरूलाई ‘झोले’ र निजी क्षेत्रलाई विचौलिया र दलाल भन्ने गरिएकोप्रति असन्तुष्टि जनाउनु भयो। उनले खुला बजार अर्थतन्त्रमा निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने आवश्यकता रहेको बताए। सरकारले आगामी बजेटमा निजी क्षेत्रका माग र मुद्दा समेटिने पनि प्रतिवद्धता जनाए।

मन्त्री भण्डारीले लगानी प्रवर्द्धनमा जोड दिन आवश्यक रहेको बताए। उनले जलविद्युत क्षेत्रमा लगानीको वातावरण सुनिश्चित गरेको बताए। उनले सरकारले लगानीको क्षेत्र फराकिलो बनाएर अघि बढ्न खोजिरहेको बताए।

सम्बन्धित समाचार

ताजा समाचार