काठमाडौं— चर्चित कलाकार प्रकाश सपुतको गीत ‘सकम्बरी’ मार्फत मोडलिङमा उदाएकी मोडल कुसुम शर्माले इन्गेजमेन्ट गरेकी छन् ।
कुसुमले मंगलबार प्रेमी विश्वास अधिकारीसँग इन्गेजमेन्ट गरेकी हुन् । उनीहरु दुवै जनाले केही समयको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् । इन्गेजमेन्ट कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको बताइएको छ ।
चितवनमा आयोजित इन्गेजमेन्ट समारोहमा उनका आफन्त र पारिवरका सदस्यको उपस्थिति थियो । उनले फिल्म समेत अभिनय गर्दै छिन् । कुसुम पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त छिन् ।

