नेपाली कांग्रेसका नेता शशांक कोइरालाले बिहीबार चियापानको आयोजना गरेका छन् । लोकतन्त्र दिवसको अवसरमा कोइरालाले महाराजगञ्जस्थित निजी निवासमा चियापानको आयोजना गरेका हुन् ।
चियापानमा कांग्रेस नेताहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्ण सिटौला, प्रकाशशरण महत, पुष्पा भुसाल लगायत पुगेका छन् । यसलाई महाधिवेशनका लागि कोइरालाको शक्ति प्रदर्शनको रूपमा अर्थ्याइएको छ ।
यस चियापान कार्यक्रमले कांग्रेसको आगामी महाधिवेशनमा नयाँ समुहबन्दी र शक्ति सन्तुलनका नयाँ समीकरणहरू जन्मिन सक्ने संकेत गरेको छ ।

