नेपाली बजारमा सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज (सोमबार) सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च भएको हो ।
आज छापावाल सुनको मूल्य तोलाको १ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन तोलाको १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

