भन्सालीको फिल्मबाट बलिउडमा डेब्यु गर्दै निकिता

पुर्व मिस नेपाल तथा अभिनेत्री निकिता चाण्डकले बलिउडमा इन्ट्री मारेकी छिन्। उनले भर्सटाईल डिरेक्टर संजयलिला भन्सालीको आगामी फिल्मबाट बलिउडमा जम्प गरेकी हुन्।

निकिताले उक्त कुराको जानकारी आफ्नो सामाजिक संजाल मार्फत दिएकि हुन्। निर्देशक भन्सालीसँगको तस्बिर सेयर गर्दै निकिता लेख्छिन : ‘संजयलीला भन्साली सरको सिनेम्याटिक दुनियाँको सानो हिस्सा हुन पाउँदा अत्यन्तै आभारी र उत्साहित छु । भारतमा मेरो पहिलो परियोजना यो भन्दा राम्रो अरू हुन सक्दैनथ्यो ।’

तर, निकिताले भन्सालीको कुन फिल्मबाट डेब्यु गर्न लागेको भन्ने बारे केहि जानकारी दिएकि छैनन्। निकिताको उक्त पोस्टमा नेपाली कलाकारहरुले बधाई दिई रहेका छन्।

अभिनेत्री चाण्डक अभिनित फिल्म राजागंज हाल नेपाली सिनेमा हलमा प्रदर्शनरत छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार