‘आउटलः दफा २१९’ मा सिन रियल देखाउन कुटाई खाए सुशीलले

प्रदर्शनरत फिल्म ‘आउटलः दफा २१९’ अहिले नेपाली हलहरुमा सफलताका साथ प्रदर्शन भई रहेको छ। एक्सन प्याक्ड फिल्मलाई दर्शकले मन पराईरहेका छन् अहिले। ४ बर्ष पछि कमब्याक गर्दै सोहि फिल्मबाट अभिनयमा फर्किएका सुशीलको कामको चौतर्फी तारिफपनि भईरहेको छ।

यसै बीच अभिनेता श्रेष्ठले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत केहि भिडियो र फोटोहरु दर्शकमाझ सेयर गरेका छन्। उनले उनले मेकरले रियल नगरौं भन्दा पनि फिल आउँछ भने रियल नै गरौं भनेर आफूले दृश्य दिएको बताए । उनले लेखेका छन्–‘म अझै सम्झन्छु, जब हामी यो दृश्य सुट गर्दै थियौं, निर्देशकले बारम्बार भनेका थिए, रियल नगरौं । तर, मैले भनेको थिएँ, यदि यो दृश्यलाई म सकेसम्म वास्तविक बनाउन सके भने, दर्शकहरुले यसलाई अझ गहिरोसँग महशुश गर्नेछन् ।’
उनले यो फिल्म आफ्नो टिमले दिनरात नभनी मिहिनेत गरेर काम गरेको पनि सुनाए । साथै, हरेक दृश्यलाई उत्कृष्ट बनाउनका लागि निकै मिहिनेत गरिएको पनि उनले संझिएका छन् ।
उनले लेखेका छन्–‘हाम्रो सपना थियो, संवेदनशील विषयलाई उठाएर नेपाली एक्सन फिल्मलाई नयाँ उचाइमा पुर्याउने ।’

सुशीलले फिल्म नहेरेका दर्शकलाई हेरेका दर्शकले सामाजिक संजालमा प्रतिक्रिया बाँड्न पनि आग्रह गरेका छन् ।
विहिबारबाट रिलिजमा आएको यो फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ । फिल्मको एक्सन, कथावस्तु र मेकिङलाई दर्शकले रुचाएका छन् । फिल्मले न्यायको पक्षमा आवाज उठाएको छ । जसलाई दर्शकहरुले मुक्तकण्ठले प्रशंसा गरेका छन् । विक्की महर्जनको निर्देशनमा तयार भएको फिल्ममा अमित अग्रहरिको लगानी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार