‘मितज्यू’बाट नेपाली फिल्ममा डेव्यु गर्दै तेरिया

डान्सर तेरिया मगरले नेपाली फिल्ममा डेब्यु गर्ने भएकी छन्। उनले अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने फिल्म ‘मितज्यू’बाट डेब्यु गर्ने भएकी हुन्। डेब्यु फिल्ममै उनि अभिनेता दयाहाङ राईसँग देखिने भएकी छिन्।

तेरियाले यस अघि सन् २०२२ को भारतीय वेब सिरिज ‘उनकी यारी’ र सन् २०२३ को ‘क्याम्पस बिट्स’ जस्ता वेव सिरिजमा अभिनय गरिसकेकी छन्।

जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मलाई जनक घर्ती मगरले निर्मन गर्न लागेका हुन्।  जनक र दयाहाङ यो दोश्रो सहकार्य हुनेछ। यसअघि दयाहाङले जनकसँग ‘घरज्वाइँ’मा काम गरेका थिए। फिल्मले ५१ औं दिन मनाउनुका साथै दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।

२०८२ को चैत २७ गतेलाई  प्रदर्शन मिति घोषणा भैसकेको फिल्ममा महेश राईको लेखन रहनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार