युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा ‘वसन्त’को गीत ‘बिना स्वादैको’

चैतको २२ गतेबाट रिलिज हुने फिल्म ‘बसन्त’ को ‘बिना स्वादैको’ गीत सार्वजनिक भएको १० दिन पछि युटुव ट्रेन्डिङको पहिलो स्थानमा बस्न सफल भएको छ। गीत म्युजिक सेक्सनको पहिलो नम्बरमा पुगेको हो।  यो समाचार तयार पार्दा सम्म गीतलाई करिब १२ लाख ४० हजार पटक हेरिएको छ।

गायक देवेन्द्र बब्लु (दि फिरन्ते)को स्वर तथा परिकल्पना रहेको गीत र संगीत गायक तथा निर्देशक प्रकाश सपुत र देवेन्द्र बब्लु अनि संगीत संयोजन योगेश काजी शाहको छ । हरर रोमान्टिक थिममा तयार पारिएको गीतको भिडियोमा एक जोडीको अन्तर जातिय प्रेम पश्चात परिवारले उनीहरुको मोहनी फुकाउन गर्ने विभिन्न घटनालाई देखाइएको छ ।

सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकारद्धय प्रभात पाल ठकुरी, श्री शिभान्सी र गायक देवेन्द्र बब्लु र मुख्य सहायक निर्देशक सुनिल विक तथा कलाकार विशाल पहारी प्रस्तुत छन् । फिल्म प्रभात र श्रीशिभान्सीसहित प्रकास सपुत, स्वस्तिमा खड्का, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार