ज्ञानेन्द्र शाहीको आरोप- आदित्यनाथको फोटो विष्णु रिमालले राख्न लगाएको पाइयो

राप्रपा प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले राजावादीको प्रर्दशनमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रधानमन्त्री केपी शर्मा ओलीले राख्न लगाएको दाबी गरेका छन्।

उनले सामाजिक सन्जालमार्फत ओलीको निर्देशनमा सोही फोटो राखिएको पाइएको बताएका छन्। उनले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा असर पार्न त्यस्तो गरिएको बताएका छन्।

आइतबार पूर्वराजा पोखराबाट काठमाडौँ फर्किँदा विमानस्थल अगाडि भारतीय मुख्यमन्त्रीको तस्बिरले स्वागत गरिएको थियो। सोही तस्बिरका कारण राजावादीको आन्दोलनमा भारतले साथ दिएको भन्दै आलोचना भइरहेको बेला शाहीले यस्तो आरोप लगाएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार