‘लाज शरणम’को सेन्सर पास

फिल्म ‘लाज शरणम’को सेन्सर पास भएको छ। शुक्रबार फिल्मको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको जाँचमा मन्त्रालयका कानुन विभाग हेर्ने अधिकारी सँगै बोर्ड सदस्य उपस्थित थिए । फिल्म हेरिसकेपछि सेन्सर बोर्डले युनिभर्सल प्रमाणपत्र दिएको छ। अबभने फिल्मलाई सबै वर्गका दर्शकहरुले हेर्न पाउँने भएका छन्।

त्यसो त् केहिदिन अघि पूर्व मन्त्री अफताव आलमले फिल्ममा आफु जस्तै हुलिया भएको क्यारेक्टर भएको भन्दै फिल्मविरुद्ध पाटन उच्च अदालतमा निषेधाज्ञाको रिट दायर गरेका थिए । उनको रिटमा सुनुवाइ गर्दै अदालतले सेन्सरअघि फिल्मको प्रचारप्रसार नगर्न र नगराउन आदेश पनि दिएको थियो ।

फिल्म यहि १५ गतेबाट प्रदर्शन हुदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार