अहिंसा रथ आगमनमा जैन मन्दिर काठमाण्डौमा भव्य महाआरती

श्री १००८ आदिनाथ दिगम्बर जैन मंदिर कमल पोखरी,काठमांडू मा आचार्य श्री सुनील सागर जी महाराज को पावन प्रेरणा बाट प्रवर्तित अहिंसा रथ सत्य ,अहिंसा, सदाचार ,शाकाहार आदि को भारत का विभिन्न राज्यमा प्रचार प्रसार गर्दै काठमांडू आगमन हुदा , यो पावन अवसर को विभिन्न धार्मिक आयोजन का साथ भव्य रुपले मनाईयो ।

जानकारी दिदै आयोजक संस्था श्री १००८ आदिनाथ दिगम्बर जैन मन्दिर समिति तथा सामुहिक जिनेन्द्र आराधना संस्था नेपाल शाखा को अध्यक्ष सुभाष जैन सेठी ले बताउनुभयो कि यो दिन प्रात काल मा पहिले श्री आदिनाथ भगवान को अभिषेक, शांतिधारा त्यसपछि अहिंसा रथ मा विराजित भगवान महावीर को अभिषेक र शांतिधारा तथा नित्य नियम पूजन पाठ सम्पन्न भयो ।


अध्यक्ष सेठीका अनुसार यो पावन अवसरमा संध्या कालमा पंच परमेष्ठि , भगवान आदिनाथ , भगवान महावीर को भव्य रूपले 48 दीपकोे महाआरती सापन्न गरियो । उक्त अबसरमा अध्यक्ष सेठीले स्वागत मन्तव्य गर्दै भगवान महावीर को संदेश लाई जनमानस मा पुर्याउने उद्देश्यले यो अहिंसा रथ को बारेमा जानकारी दीनुभयो ।


नेपाल जैन परिषद का अध्यक्ष श्री बिमल चन्द राखेचा , नेपाल अणुव्रत समिति का अध्यक्ष फुल कुमार लालवानी ले पनि भगवान महावीर को संदेश तथा अहिंसा रथ द्वारा जैन धर्म को प्रभाव बारेमा आफ्नो मन्तव्य व्यक्त गर्नुभयो । ।
पप्पू भैयाले पनि आचार्य सुनील सागर जी महाराज द्वारा प्रवर्तित अहिंसा रथ को उद्देश्य प्रति पूर्ण जानकारी दिनुभयो ।
जैन मन्दिर कमेटी एवं नेपाल जैन परिषद को पदाधिकारिहरु द्वारा पप्पू भैया जी, नवराज शर्मा तथा चालक नरेंद्र पटेल लाई माला र दुपट्टा पहिराएर स्वागत सम्मान गरिएको थियो ।


कोषाध्यक्ष राजेश कालाले अन्य जानकारी दिदै पूरै मन्दिर क्षेत्र को विशेष डैकोरेशन, रोशनीले प्रकाश मय गरिएको तथा पूरा मन्दिर प्राँगण शासन नायक भगवान महावीर को जयकार ले गुजायमान भएको बताउनु भयो ।
सचिव संजय गुड्डू जैन का अनुसार सभी सम्पुर्ण कार्यक्रम भक्ति भाव तथा उत्साह एंबम उमंग का साथ संपन्न भयो ।
यो भव्य कार्यक्रम को आयोजनामा जैन समाज को गणमान्य व्यक्तिmत्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार