पूर्वराजा ज्ञानेन्द्रको वक्तव्य : राजावादी उत्साहित

पूर्वराजा ज्ञानेन्द्र शाहले ७५ औँ प्रजातन्त्र दिवसको अवसरमा जारी गरेको भिडियो वक्तव्यलाई लिएर पक्ष–विपक्षमा प्रतिक्रिया आएका छन् । पूर्वराजाको वक्तव्यलाई लिएर राजावादीहरू निकै उत्साहित देखिएका छन् । तर, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि एक ठाउँमा उभिएका तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा माओवादीले उनको सन्देशलाई लिएर आपत्ति जनाएका छन् ।

प्रजातन्त्र दिवसको पूर्वसंध्यामा मंगलबार ज्ञानेन्द्रले १० मिनेटको भिडियो सन्देशमार्फत अब नेपालको उन्नतिका लागि आफूले के–के त्याग गर्नुपर्ने हो तयार रहेको बताएका थिए । साथै राष्ट्र जोगाएर राष्ट्रियता कायम राख्न साथ दिन देशवासीको नाममा उनले आह्वान गरेका थिए ।‘अब नेपालको उन्नतिका लागि हामीबाट अरू के–के त्याग गर्नुपर्ने हो, हामी तयार छौँ । अब समय आयो– राष्ट्र जोगाउने हो, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ’, उनले भनेका छन् ।

पछिल्लो समय परम्परागत राजनीतिक, सरकारप्रति आम नागरिकमा बढ्दै गएको चरम निराशाको चित्रण गर्दै ज्ञानेन्द्रले शाहीकालकै झल्को दिने गरी वक्तव्य निकालेपछि गणतन्त्र पक्षधर नेताहरूले आक्रोश पोखेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार