लमजुङ बेसीशहर नगरपालिका वडा नं. ८ मा आयोजित आधारभूत मौरीपालन सम्बन्धी जिल्लास्तर तालिम सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, कार्यान्वय इकाई कार्यालयको आयोजनामा मंगलबारदेखि सुरु भएको तीन दिने यस तालिम बिहिबार सम्पन्न भएको हो ।
तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिल्ला समन्वय समिति लमजुङको उपप्रमुख बुनाकुमारी रिमालले कुनै पनि तालिम लिएर तालिममा मात्र सिमित ग¥यो भने त्यसले कुनै अर्थ नराख्ने बताउँदै उहाँले सरकारले यसमा गरेको लगानी बालुवामा पानी हाले जस्तै हुन्छ, तालिम लिन्छु भनेर व्यवहारमा उतार्न र आफ्नो जीवन उपयोगी बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, कृषिलाई आधुनिकरण गर्न सकेमा किसानको जीवन स्तर माथि उकास्न सक्छौँ । ६६ प्रतिशत किसान भइरहदा किसानले कृषि पेसालाई अब्बल तरिकाले अगाडी बढाउन सके मात्र अर्थतन्त्र उच्च हुन्छ भन्दै यसमा ध्यान दिन जरुरी रहेको उहाँको भनाई छ । कृषि मन्त्रालयबाट पनि कृषि क्षेत्रमा धेरै रहेको बजेट रहेको र यसको उपयोग गर्दै धेरै भन्दा धेरै लाभ लिन सक्नुपर्ने उहाँले बताउनुभयो ।
तालिममा सिकेको सिप व्यवसायमा उतार्दै व्यवसायिक बन्न उहाँल्े आग्रह गर्नुभयो । मौरी खेति गर्न धेरै मेहेनत र समय आवश्यक नरहेकाले एस्ट समयमा यस खेति गर्न सकिने भएकाले साइट जबका रुपमा पनि लिन सकिने भएकाले यस्ता पेसातर्फ अघि बढ्दै जिल्लाकै उत्कृष्ट व्यवसायी हुँदै प्रदेश र केन्द्रमै उत्कृष्ट हुने गरी व्यवसायी गर्न उहाँले अनुरोध गर्नुभयो । परियोजनाका निमित्त प्रमुख हरिबहादुर मिजारले यस तालिममा जिल्लाका किसानमध्ये छनौट गरेर २२ जनालाई सहभागिता गराएर तालिम दिएको बताउनुभयो । यस व्यवसाय प्रति आधारभूत मौरीपालन तालिम प्रदान गरिएको र अब उनीहरुले यस पेसा गर्दै राम्रो कृषक बन्न उहाँले आग्रह गर्नुभयो ।
किसानहरुका लागि दुई वटा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको र पहिलो मौरी र दोस्रोमा अलँैची रहेको उहाँको भनाई छ । कार्यक्रममा तालिममा सहभागिताको तर्फबाट गोकुलबहादुर रेग्मी र पुतलीदेवी जोशीले बोल्नुहुँदै तालिमबाट मौरी पालनसम्बन्धी धेरै कुराको ज्ञान प्राप्त भएको र अब व्यवहारमा लागु गर्दै तालिमको सदुपयोग गर्ने बताउनुभयो । यस तालिममा मौरी चरण, गोला व्यवस्थापन, रानी उत्पादन, मौरीको जीवन चक्र र वर्ग विभाजन, मौरीका शत्रुहरु, मौरीका रोग र कुपोषण, मह उत्पादन, प्रंसोधन, भण्डारण र प्रयोग लगायतका विषयमा सो सहभागीलाई नवीन श्रेष्ठ, बुद्धिलाल आले, मौरी विज्ञ केशबहादुर गुरुङलगायतले प्रशिक्षण दिनुहुने भएको छ ।
सो तालिमको अवसरमा सहभागिहरुलाई मौरी हेरचाह टोपी समेत वितरण गरिएको थियो । साथै सहभागिहरुलाई प्रमाण पत्र प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख रिमालले प्रदान गर्नुभयो । तालिम समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश सदस्य जनक श्रेष्ठ, कार्यालयका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

