सिन्धुलीमा गाडी दुर्घटना अपडेट: एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर

झापाबाट काठमाडौं आइरहेको निजी ईभी गाडी सिन्धुलीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गाडीचालक दोलखाको गौरीशंकर गाउँपालिकाका २७ वर्षीय सुशान्त नेपाली रहेको प्रहरीले जनाएको छ ।

विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५ मा आज बिहान भएको करिब पौने ४ बजेको समयमा दुर्घटना भएको थियो । दुर्घटनामा परेर ५ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।गम्भीर घाइते भएका मोरङको लेटाङ नगरपालिका–२ का ३४ वर्षीय देवी लिम्बूको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा इलाम देउमाई नगरपालिका–८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–५ का २८ वर्षीया श्वेता गिरी, सोही स्थानका २८ वर्षीय सञ्जय रोक्का, झापाको बाह्रगढी गाउँपालिका– १ का २७ वर्षीय किस्कु मण्डल घाइते भएका छन् ।

गाडी अनियन्त्रित भएर राजमार्गभन्दा ४ सय मिटर तल खसेको प्रहरीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार