विकासलाई राजनीति र धर्म भन्दा माथि राखेर हेर्न आवश्यकः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकासलाई राजनीति र धर्म भन्दा माथि राखेर हेर्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा शुरु भएको सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करणको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले विकासलाई राजनीति र धर्म भन्दा माथी राखेर हेर्न नेपालका सम्पूर्ण राजनीति दल तथा सर्वसाधारणमा आग्रह गर्नुभयो । उहाँले नेपालमा केही गर्छु भनेर काम गर्न खोज्दा विभिन्न नाममा विरोध हुनु दुःखद् भएको बताउनु भयो । उहाँले पाथीभरा केबलकार प्रकरणमा भइरहेका विरोधहरु विकासका लागि भन्दा पनि पपुलिजमको लागि गर्न खोजिएको बताउनु भयो । उहाँले अहिले सामाजिक सञ्जाललाई दुरुपयोग गरेर आम नागरिकलाई मेनुपुलेट गरेर सूचना फैलाउने काम भएको बताउनु भयो । उहाँले बेरोजगार भएर वैदेशिक रोजगारबाट नेपालमा नै अवसर खोजेर काम गर्ने र लाखौं नेपालीहरु वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई कम गर्नेे हिसावले नेपालमा ३५ वर्षदेखि सक्रिय भएर काम गरिरहेको बताउनु भयो । पछिल्लो समय पाथीभरा केवलकारको विषयलाई लिएर सामाजिक सञ्जालमा चन्द्रप्रसाद ढकाल नेपालको दलाल वा नेपालमा राख्न नहुने मान्छेको रुपमा प्रचार गरिनु खेदजनक रहेको बताउनु भयो । उहाँले नेपाल रोजगारी दिने,अवसर खोज्ने,वैदेशिक रोजगारीमा जान रोक्ने विषयलाई प्राथमिकता दिन नसके भविष्यमा पछुताउनु पर्ने अवस्था आउने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,‘नेपाल ऐन संशोधन सम्बन्धी अध्यादेश स्वीकृत गरी नेपाली आईटी कम्पनीहरूले विदेशमा लगानी गर्न, शाखा खोल्न, कारोबार गर्न र त्यहाँको आम्दानी नेपाल भित्र्याउन पाउने कानुनी व्यवस्थाले नेपाली आईटी कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सक्षम बनाउने र वैदेशिक मुद्रा आर्जनमा वृद्धि गर्ने छ । आइटी क्षेत्रले छोटी समयमा गरेको उपलब्धी छ । त्यसले अझ बढी कल्पना गरेको भन्दा बढी उपलब्धी हासिल गर्नसक्छ । अहिले सामाजिक सञ्जाललाई दुरुपयोग गरेर अफवाह फैल्याउने काम गरिएको छ । सामाजिक सञ्जालको दुरुयोग गरेर आम नागरिकलाई मेनुपुलेट गरेर सूचना फैलाउने काम भएको छ । नेपालको सबै क्षेत्रलाई नराम्रो असर परेको छ । म वैदेशिक रोजगारमा गएर काम गरेको मान्छे । वैदेशिक रोजगारमा काम गर्दा नेपालमा नै अवसर खोजेर काम गर्न सक्यौं भने लाखौं नेपालीहरु वैदेशिक रोजगारीमा जानु पर्ने बाध्यतालाई कम गनुपर्छ भन्ने हिसावले नेपालमा ३५ वर्षदेखि सक्रिय भएर काम गरिरहेको छु । वैदेशिक रोजगारीमा काम गरिरहेको भए विदेशको ग्रिन कार्ड लिएर बसेको हुन्थेहोला । विकसित मुलुकका नागरिकले पाउने सुविधा लिएर बस्ने थिए । त्यसलाई भन्दा पनि पहिलो प्राथमिकता नेपालमा नै केही गर्नुपर्छ भनेर नेपालमा ३० हजारलाई रोजगारी दिएर काम गरिरहेका छौं । सामाजिक सञ्जाल हेर्दा चन्द्रप्रसाद ढकाल नेपालको दलाल वा नेपालमा राख्न नहुने मान्छेको रुपमा प्रचार गरिएको छ । त्यो खेदजनक छ । सबै राजनीतिक दलका नेताहरुलाई चिप पपुलिजमको लागि विरोध गर्ने गरेको देखिएको छ । नेपाल रोजगारी दिने,अवसर खोज्ने,वैदेशिक रोजगारीमा जान रोक्ने विषयलाई प्राथमिकता दिएनौं भने भविष्यमा पछुताउनु पर्ने अवस्था आउँछ । विकास निर्माणको हिसाबमा धर्मको नाममा नकारात्मक हिसावको प्रचार नगरौं । पाथीभरामा जुन विरोध भइरहेको छ । यो केवल,ट्रान्सपोटेसन मात्रै हो । केबलकारले धर्म नाश गर्छ भनेर गलत हिसावले प्रचार गरिएको छ । केवलकारले सबै धर्मलाई प्रोमोट गर्छ ।’

उहाँले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाँले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिने बताउनु भयो । आईटी क्षेत्र विश्वव्यापी बजार भएको, खबौं रुपैया बराबरको सेवा निर्यात गर्नसक्ने र लाखौं मानिसलाई रोजगारी दिनसक्ने क्षेत्र भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यस क्षेत्रको थप विकासका लागि आवश्यक नीतिगत र संरचनागत सुधारको लागि काम गर्न काम गर्न सरकारसंग आग्रह गर्नुभयो । नेपाल सरकारले नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रको विकासका लागि पछिल्ला कानूनहरुमा गरेको संशोधनले यो क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार