रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा अल-नासरको जित

एएफसी च्याम्पियन्स लिगमा साउदी अरबको अल–नासरले युएईको अल वासललाई ४-० ले पराजित गरेको छ । खेलमा नासरका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । गत हप्ता मात्र ४० वर्ष टेकेका रोनाल्डोले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै नासरलाई महत्त्वपूर्ण तीन अंक दिलाउन सफल भए ।

खेलमा नासारका अलि हसनले २५ औँ मिनेटमा पहिलो अग्रता दिलाएका थिए । त्यसयता रोनाल्डोले ४४ औँ मिनेटमा पेनाल्टीबाट र ७८ औँ मिनेटमा अर्को गोल गर्दै टिमलाई ३-० को अग्रता दिलाए । ८८ औँ मिनेटमा महोमत अलि फातीले गोल गरेपछि खेलमा अल-नासर ४-० ले विजयी बन्यो । जितपछि साउदी क्लब नासर ७ खेलबाट १६ अंब सहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

पराजित युएइको वासल भने ११ अंक सहित पाँचौँ स्थानमा छ । एएफसी च्याम्पियन्स लिगमा इङ्लिस क्लब वेष्टह्याम्पबाट नासर आइपुगेका कोलम्बियाली फरवार्ड जोन डुरानले डेब्यु गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार