विपक्षी दलहरुको बैठक सिंहदरबारमा शुरु

विपक्षी दलहरुको बैठक सिंहदरबारमा शुरु भएको छ । बिहान ९ बजेबाट बैठक सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा शुरु भएको हो । बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, प्रभु साह नेतृत्वको आम जनता पार्टी सहभागी छन् । शुक्रवारबाट शुरु हुने संसदको हिउँदे अधिवेशनको बारेमा विपक्षी दलहरुले आफ्ना धारणा एकसाथ राख्ने र समसामयिक राजनीतिका बारेमा छलफल गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार