इजरायली कब्जाको जवाफ दिने हेज्बुल्लाहको चेतावनी

हेज्बुल्लाहका नेता नैम कासेमले दक्षिणी लेबनानबाट इजरायलको फिर्ताको बारेमा समूहको अडानलाई पुनः पुष्टि गर्दै समयसीमा सकिएको र कुनैपनि बिस्तार नसहने चेतावनी दिनुभएको छ । कासेमले इजरायली उपस्थिति विरुद्ध लेबनानको एकतावद्ध प्रतिरोधलाई जोड दिनुभयो । राष्ट्रपति जोसेफ आउनले सेनालाई दक्षिणतर्फ मार्च गरिरहेका जनतासँगै उभिन निर्देशन दिएको उल्लेख गर्दै कब्जा लेबनानी सार्वभौमसत्ता विरुद्धको आक्रमण भएको बताउनु भयो । यसको सामना गर्नु जनता, सेना, राज्य र प्रतिरोधको जिम्मेवारी भएको बताउनु भयो । युद्धविराम सम्झौताको बारेमा कासेमले इजरायलले अमेरिकी मध्यस्थकर्ताहरूमार्फत वार्ता शुरु गरेको बताउनु भयो । लेबनानको कामचलाउ सरकारले इजरायलीहरूले पूर्णरूपमा फिर्ता नगरी प्रारम्भिक ६०–दिने युद्धविराम समाप्त भएपछि इजरायलसँग युद्धविराम विस्तार गर्न स्वीकृति दिएको घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार