संरक्षित क्षेत्रमा पूर्वाधार विकासका संरचना निर्माण गर्न नपाइने आदेश संसदको क्षेत्राधिकार माथिको अतिक्रमणः अरुण सुवेदी

पूर्वाधारविद् अरुणकुमार सुवेदीले राष्ट्रिय निकुञ्ज लगायतका संरक्षित क्षेत्रमा पूर्वाधार विकासका संरचना निर्माण गर्न नपाइने सर्वोच्च अदालतबाट आएको आदेश संसदको क्षेत्राधिकार माथि अतिक्रमण भएको टिप्पणी गर्नुभएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन लगायत संरक्षित क्षेत्रमा विकास निर्माणका आयोजना सञ्चालन गर्न सकिने गरी भएको कानून संशोधनलाई सर्वोच्च अदालतले खारेज गर्नु संसदको क्षेत्राधिकार माथिको अतिक्रमण भएको बताउनुभएको हो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले सर्वोच्च अदालतको फैसलालाई अहिले राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रमा बन्दै गरेका कुनैपनि पूर्वाधार अघि बढ्न नसक्ने अवस्था बनेको बताउनु भयो । उहाँले लगानी सहजिकरण सम्बन्धि केही नेपाल ऐनलाई संसोधन गर्ने ऐन, २०८१ जारी हुन स्वागत योग्य भएपनि पछिल्लो फैसलाले सबैलाई निराश बनाएको उल्लेख गर्नुभयो । उहाँले सर्वोच्चको आदेश पहाडी क्षेत्रमा कुनैपनि पूर्वाधार बन्नसक्ने स्थिति नदेखिएको बताउनु भयो । उहाँले सर्वोच्चले फैसला गरेको विषय जनसरोकारको विषय भएको भन्दै संरक्षित क्षेत्र भएर जाने पूर्वाधारमा आश्रित पहाडी क्षेत्रमा ठूलो जनसंख्या रहेको बताउनु भयो । उहाँल सर्वोच्चको आदेश यथास्थितिमा कार्यान्वयनमा भए जनता र विकास विरोधी हुने बताउनु भयो । उहाँले अदालतको आदेशमा सरकार पुनरावलोकलनमा जान जरुरी रहेको बताउनु भयो । उहाँले कानून बनाउने काम संसदको भएकाले यसको अपनत्व संसदले लिन जरुरी रहेको बताउनु भयो । उहाँले सर्वोच्चको फैसला प्रजातान्त्रिक अभ्यास अन्तर्गत संसदको क्षेत्राधिकार माथिको न्यायिक अतिक्रमण गरेर न्यायिक सक्रियताको परिस्थितिलाई स्थापित गरेको बताउनु भयो । उहाँले सर्वोच्चको फैसलाले सडक,ट्रान्समिसनलाइन,रेल,केबुलकारलाई असर परेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘सर्वोच्चको आदेशलाई हेर्ने हो भने सम्पूर्ण पूर्वाधार पहाडी क्षेत्रमा केही पनि नहुने स्थिति देखियो । यो जन सरोकारको विषय पनि हो । संरक्षित क्षेत्र भएर जाने पूर्वाधारमा आश्रित पहाड ठूलो जनसंख्या छ । सर्वोच्चको आदेश यथास्थितिमा कार्यान्वयनमा गयो भने जन र विकास विरोधी हो । अदालतले यस्ता प्रकारका आदेश दिएको धेरै देशहरुमा छ । कतिपय अवस्था सरकार आफैँ भ्याकेटमा गएको छ । अमेरिकाको न्यायिक इतिहासमा डेड्टस्कटको केससँग जोडेर हेर्छु । सभामुखको वक्तव्य आउनुपर्ने हो आएको छैन । यसलाई संसदले लिनुपर्छ । प्रजातान्त्रिक अभ्यास अन्तर्गत संसदको क्षेत्राधिकार माथिको न्यायिक अतिक्रमण हो । न्यायिक सक्रियताको परिस्थितिलाई स्थापित गरेको छ । न्यायिक र सैन्य सक्रियताले प्रजातन्त्र र जनताको अधिकार अगाडि बढ्न सक्दैन । प्रजातान्त्रिक पद्धतीमा लागेका अ‍ैजरुका रुपमा लिइन्छ । सर्वोच्चको फैसलाले सडक,ट्रान्समिसनलाइन,असर ग¥यो । सडक,रेल,केबुलकारलाई असर ग¥यो । हामीले क्लिन र ग्रिन आयोजना भन्ने तर त्यसैलाई असर गर्ने त्यस्तो गर्न पाइँदैन । क्लिन र ग्रिन आयोजना आफैँमा वातावरण संरक्षणको लागि अग्रसर भएका आयोजनाहरु हुन् । वातावरणमैत्री भएर जलविद्युत आयोजनाहरु क्लिन इनर्जी हुन् । अबको कानून नै त्यसरी परिवर्तन गराउनुपर्छ । अदालतको पैmसलाको विषयमा सरकारका धारणाहरु पनि आइसकेकाले यो विषयमा सरकार गम्भिर र संवेदनशिल छ भन्ने लागेको छ । सरकारले अध्यादेश ल्याएको छ । सरकार भ्याकेटमा जानुपर्छ । सरकारले मात्रै नभएर संसदले पनि अपनत्व लिनुपर्छ । संसदभित्रको क्षेत्राधिकार माथि अतिक्रमण भइरहेको छ ।’

उहाँले क्लिन र ग्रिन आयोजना आफैँमा वातावरण संरक्षणको लागि अग्रसर भएका आयोजनाहरु भएको बताउनु भयो । उहाँले सर्वोच्चको फैसलाप्रति सरकार गम्भिर रहेको देखिएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार