नेपाल कम्युनिष्ट पार्टीले फागुन २१ देखि झापा—कञ्चनपुर जनमार्च गर्ने

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले फागुन २१ देखि झापा—कञ्चनपुर जनमार्च सञ्चालन गर्ने भएको छ ।

मंगलवार काठमाडौंमा केन्द्रिय समितिको निर्णयहरु जानकारी गराउँदै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुम्वासी, मिटरव्याज, ऋण आतंक लगायतका मुद्दामा फागुन २१ देखि झापा—कञ्चनपुर जनमार्च सञ्चालन गर्ने निर्णय गरेको बताउनुभएको हो । अभियानमा पार्टी महासचिव, प्रवक्ता, केन्द्रिय समिति, ज.व.स. मोर्चाका नेता, सामना साँस्कृतिक परिवारसहितको टोली सहभागी बन्ने जानकारी दिनुभयो । बैठकले क्रान्तिकारी पार्टीहरुसँग एकताको उद्देश्य राख्दै तत्काल मित्र पार्टीहरुसँग मोर्चामा सहकार्य गर्दै क्रान्तिकारी ध्रुविकरणलाई तिब्रता दिने निर्णय गरेको बताउनु भयो । पार्टीले आगामी २०८४ को निर्वाचनलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा– विद्यार्थी र नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गर्ने निर्णय गरेको छ । त्यसका लागि जनतालाई स्पष्ट सन्देश दिन पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिन्ह लिइने बताएको छ ।

पार्टीले देशको स्वाधीनता विरुद्ध भइरहेका हस्तक्षेप विरुद्ध भण्डाफोर चलाउने, भ्रष्टाचार, कमिसनखोरी, मिटरब्याज, बैंक ब्याजआतंक विरुद्ध जनसंघर्ष सञ्चालन गर्ने, सुकुम्वासी, गरिब किसान, महिला, श्रमिक समुदाय विरुद्ध भइरहेका उत्पीडन, दमन, अत्याचार विरुद्ध केन्द्र र स्थानीय तहबाट संघर्षहरु सञ्चालन गर्ने र युवा पलायनता रोक्न जागरण अभियान चलाउने निर्णय समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार