दुवाकोटमा वीर अस्पताल निर्माणको काम तत्काल अघि बढाउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयका ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले स्वास्थ्यमन्त्री पौडेलको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले दुवाकोटमा रहेको वीर अस्पताल निर्माणको विषयमा स्वास्थ्यमन्त्रीले प्रष्ट पार्नुपर्ने बताउनु भयो । उहाँले अहिले पनि दुवाकोटमा न्याम्सका १२ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको र ६३ वटा शैक्षिक कार्यक्रमहरु सञ्चालनमा रहेको उल्लेख गर्नुभयो । उक्त अस्पताल नेपालको एउटा महत्वपूर्ण प्रतिष्ठान भएको बताउँदै मन्त्री चौरसियाले यसको निर्माण प्रक्रिया अघि नबढ्दा अन्य ठाउँहरुमा समस्या उत्पन्न गर्छ कि गर्दैन ? भनेर प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो,‘स्वास्थ्यमन्त्रीज्युले आज एउटा कुरा स्पष्ट पार्नुपथ्र्यो, दुवाकोटमा रहेको वीर अस्पताल निर्माणको कुरा पूरा भइसक्यो कि भएन ? अहिलेसम्म त्यहाँ जग्गामात्रै छ । अहिलेपनि त्यहाँ न्याम्सको १२०० भन्दा बढी विद्यार्थी पढिरहनुभएको छ । ६३ वटा शैक्षिक कार्यक्रमहरु त्यहाँ सञ्चालन भइरहेका छन् । र अन्तर्राष्ट्रिय विश्व विद्यालयहरुसँग त्यहाँ कार्यक्रमहरु एक्सचेन्ज पनि हुन्छ । यहाँका एमडी गर्ने डक्टरहरु अन्य देशमा समेत गएर पाँच÷छ महिनाजति तालिम गरेर आउँछन् । त्यो यो देशको एउटा महत्वपूर्ण प्रतिष्ठान हो । यो चिकिसा विज्ञान प्रतिष्ठान सामान्य कुरा होइन ।

भोलिको दिनमा यसले अन्य ठाउँमा पनि समस्याहरु उत्पन्न गर्छ कि गर्दैन ? पछिल्लो एउटा घट्नाको कारणले गर्दाखेरि यसलाई अलग्गै गर्नुपर्छ भन्ने कुराहरु आएको हो । तर निर्माण कार्य सुरु नै भएको छैन । बजेट एलोकेट छैन । टेण्डरको आह्वान नै गरेको छैन । सरकारले पहिले निर्माण कार्य शुरु गर्नुप¥यो । त्यसपछि समय तोक्दा त राम्रै हुन्छ ।’

उहाँले नेपालीले विदेशमा उपचार गर्न जानु नपर्ने गरी सबै प्रकारको सुविधा उपलब्ध भएको अन्तर्राष्ट्रिय स्तरको अस्पताल निर्माण गर्न आवश्यक भएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार