कार्यकर्ता सम्म पुगी पार्टि सुदृढिकरणका लागी नेपाली कांग्रेशले थालेकाे १०० दिने अभियान यतिबेला देशव्यापि रुपमा चलिरहेकाे छ । केन्द्रिय स्तरका नेताहरु यतिबेला बिभिन्न जिल्लामा कार्यकर्ता भेटघटमा व्यस्त छन् । त्यस्तै नेपाली कांग्रेशका केन्द्रिय सदस्य अब्दुल सत्तार यतिवेला लमजुङमा छन् । लमजुङ जिल्लामा १०० दिने अभियान लगभग अन्तिम चरणमा पुगिरहदा सुन्दरबजार नगरपालीकामा अायाेजित १०० दिने अभियानमा प्रमुख अथितिका रुपमा पुगेका सत्तारले बिपि काेईरालाकाे बिचार ईभरग्रिन रहेकाे प्रष्ट्याएका छन् । पछिल्लाे समय कांग्रेश कार्यकर्ताले बिपिकाे सिन्दान्त छाडेकाे अाराेप लागेकाे भन्दै यसलाई खण्डन गरेका हुन् । उनले १०० दिने अभियान चुनाव लक्षित नभएकाे तर अाम कार्यकर्ताकाे घर घरमा पुगेर कार्यकर्ता सामु पार्टिका कमिकमजाेरि थाहा पाउने एउटा अभियान भएकाे बताएका छन् । केन्द्र देखि प्रदेश,जिल्ला हुदै अाम कार्यकर्ता बिचकाे खाडल याे अभियानले पुर्ने भन्दै । कमिकमजाेरि र लिकेजहरु हटाउनका लागी यसले महत्वपुर्ण भुमिका अदाह गर्ने बताएका सत्तारले लमजुङमा कमजाेर बन्दै गएकाे कांग्रेश पार्टिकाे संगठन सुदृढिकरणका लागी जिल्लामा जिम्मेवार रहेका नेतृत्वले ध्यान दिनुपर्ने जिकिर गरेका छन् ।
त्यस्तै कार्यक्रममा बाेल्दै बन मन्त्रि तथा पुर्व पार्टि सभापति भेषबहादुर पाैडेलले अब लमजुङ नेतृत्व गरिरहेका नेपाली कांग्रेशका नेतालेले पार्टि कमीकमजाेरी हटाएर पार्टि सुदृढिकरण गरि अाम कार्यकर्तालाई बिश्वासकाे वातावरण दिलाउन नसके अाफु चुप नरहने चेतावनी दिएका छन् ।
कार्यक्रममा बाेल्दै पुर्व पार्टि सभापति तुलसी नारायण श्रेष्ठले पनि अाज लमजुङ पार्टिगत रुपमा हिजाेकाे लमजुङ नरहेकाे भन्दै निराशामा रहेका कार्यककर्तालाई उर्जािशल बनाएर पार्टिप्रति अात्मबिश्वास जगाउन नेतृत्वपंति लाग्नु पर्ने वताए । कार्यक्रममा बाेल्ने अधिकांश बक्ताकाे अाशय नेपाली कांग्रेश लमजुङकाे सांगठनिक अवस्था खस्किदै गएकाे , नेतृ्त्वप्रति बिश्वासकाे बाताबरण बनाउन अाबश्यक रहेकाे तिर थियाे ।

