हर्क साम्पाङले धम्क्याएका पत्रकार दाहाल भन्छन् :असुरक्षित महसुस गरेको छु

धरानका मेयर हर्क साम्पाङले पत्रकार गोपाल दाहाललाई धम्क्याउँदै पत्रकारिता सिध्याइदिने बताएका छन् । उनको धम्कीपछि पत्रकार दाहालले असुरक्षित महसुस गरेको बताए ।

दाहालले भने, ‘धम्कीपछि सुरक्षा खतराको महसुस भइरहेको छ । त्यसैले घरभन्दा टाढा कतै निस्किएको छैन ।’

दाहालले खोज पत्रकारिता केन्द्रका लागि ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितीको दलदलमा धरान’ शीर्षकमा समाचार लेखेका थिए । त्यो समाचारमा हर्क साम्पाङ नक्कली माओवादी बनेको, तत्कालीन वाईसीएल कार्यकर्ताहरुले उनलाई नियन्त्रणमा लिएर कुटपिट गरेको लगायतका प्रसंग पनि छन् ।

यसबारे उनले आज १० बजे पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्वजनिक गर्दै छन् ।

आफूले सोही समाचार लेखेकाले साम्पाङले धम्क्काउँदै सामाजिक सन्जाल फेसबुकमा बुधबार स्टाटस लेखेको दाहालले बताए ।

हर्कले लेखेका छन्, ‘खोज पत्रकारिता केन्द्रका गोपाल दहाल या कोही प्रतिनिधि भोलि १० बजे तुरुन्तै धरान १८ को ग्रीन टीमा हाजिर हुनु अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन ’

फेरि अर्कोपटक पनि हर्क साम्पाङले स्टाटस लेख्दै ‘शीर ठाडो पारेर’ हिँड्न नसक्ने बनाइदिने भन्दै धम्क्याएका छन् ।

दाहालले समाचार लेखेकै कारण हर्क साम्पाङले धम्की दिएपछि नेपाल पत्रकार महासंघ लगायतले विज्ञप्ति निकालेर विरोध जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार