त्रिविले स्नातकमा मौका परीक्षाको अवसर दिँदै, एकसातामै नतिजा

स्नातक तह चौथो वर्षका विद्यार्थीहरूले यसैवर्षबाट मौका परीक्षा दिन पाउने भएका छन्। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले उक्त व्यवस्थाको लागि केही दिनमै सूचना प्रकाशित गर्ने जनाएको छ।

त्रिविले अहिले धमाधम स्नातक चौथो वर्षको विभिन्न संकायको नतिजा प्रकाशन गर्दै आएको छ। त्रिविले मानविकी तथा व्यवस्थापन संकायतर्फको बिए चौथो वर्षको नतिजा मंसिर १४ गते प्रकाशित गरेको थियो।

यस्तै, त्रिविले हिजो (आइतबार) शिक्षाशास्त्र संकायतर्फ सञ्चालित चारवर्षे बिएडको नतिजा प्रकाशित गरेको छ। त्रिविका रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालका अनुसार यी परीक्षामा दुई विषयसम्म फेल (अनुत्तीर्ण) भएकाले तत्कालै मौका परीक्षा दिन पाउनेछन्।

त्रिविले मौका परीक्षाको लागि आवेदन फाराम भर्न केही दिनमै सूचना प्रकाशित गर्ने उनले जानकारी दिए।

‘अहिले स्नातक चौथौ वर्षको नतिजा प्रकाशन भइरहेको छ,’उनले थाहाखबरसँग भने,‘बिबिएस लगायत बाँकी रहेको नतिजा पनि एक दुई दिनभित्रै सार्वजनिक गर्छौं,त्यसपछि मौका परीक्षाको लागि सूचना प्रकाशित गर्नेछौँ, त्यसपछि मौका परीक्षा भइहाल्छ, अबदेखि पहिला जस्तो एक वर्ष कुर्नुपर्दैन।’

त्रिवि प्राज्ञिक परिषद्ले गत साउनमै स्नातक तहअन्तर्गत अन्तिम वर्षको परीक्षामा विद्यार्थीले मौका परीक्षा दिन पाउने निर्णय गरेको थियो। तर,कहिलेबाट उक्त व्यवस्था लागू हुने भन्नेमा विद्यार्थीहरूमा अन्योलता थियो। तर,अब उनीहरूले तत्कालै मौका परीक्षा दिन पाउने भएका छन्।

फारम भर्न ७ दिन दिइने

त्रिविका रजिष्ट्रार प्राडा रिजालका अनुसार यो मौका परीक्षाको लागि फाराम भर्न एक साताको समय दिइने छ। उक्त समय अवधिमा दुई विषयसम्म फेल भएका विद्यार्थीहरूले फारम भर्नुपर्ने छ। ‘स्नातक तहको पहिलो, दोस्रो, तेस्रो वर्षको परीक्षा उत्तीर्ण गरिसकेको तर चौथो वर्षमा एक वा दुई विषय लागेकाले मौका परीक्षा दिन पाउने छन्,’उनले भने।

अहिलेसम्म चार वर्षे स्नातक तहको अन्तिम वर्षको परीक्षामा कुनै एक विषयमा मात्र अनुत्तीर्ण भए पनि उक्त विषयको परीक्षा दिन अर्को वर्षकै परीक्षा अर्थात् एक वर्ष नै कुर्नुपर्ने विद्यार्थीहरूको बाध्यता थियो।

जसकारण माथिल्लो तहमा अध्ययन गर्नबाट उनीहरू वन्चित हुनु परिरहेको छ। तर, अब त्यसरी वर्ष दिन नै परीक्षाको लागि कुर्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ।

एक सातामै नतिजा आउने

त्रिविका रजिष्ट्रार प्राडा रिजालका अनुसार मौका परीक्षा लिएको एक साताभित्र नै नतिजा प्रकाशन गरिनेछ। ‘एक साताभित्रै मौका परीक्षाको नतिजा प्रकाशित हुने छ,’उनले भने,‘त्यसैले पास हुनेहरूले सहजै रूपमा स्नातकोत्तर तहको नयाँ सेमेष्टरमा भर्ना हुन पाउने छन्।’

उनले विद्यार्थीहरूको शैक्षिक वर्ष खेर नजाओस् भन्ने उद्देश्यले यो व्यवस्था गर्न लागिएको बताए। उनले भने,‘यो व्यवस्थाबाट हजारौँ विद्यार्थीहरूलाई सहज हुनेछ।’

यस्तै,त्रिविले स्नातक तह पुनः तीन वर्षे बनाउने योजना पनि बनाएको छ। त्रिविका उपकुलपति प्राडा केशरजंग बरालले नै उपकुलपतिको पद बहाली गर्ने बेला स्नातक तह पुनः तीन वर्षे बनाउने योजना सुनाएका थिए।

तीन वर्षेको व्यवस्था गर्दा पढ्नमा विद्यार्थीहरूमा आकर्षण हुने उनको अपेक्षा छ। त्रिविका उपकुलपति बरालले त्रिविको रिक्त पदमा डीन नियुक्ति भएपछि चार वर्षे स्नातक तहलाई तीन वर्षेमा बनाउन छलफल अगाडि बढाउने बताएका छन्।स्नातक तह चौथो वर्षका विद्यार्थीहरूले यसैवर्षबाट मौका परीक्षा दिन पाउने भएका छन्। त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले उक्त व्यवस्थाको लागि केही दिनमै सूचना प्रकाशित गर्ने जनाएको छ।

त्रिविले अहिले धमाधम स्नातक चौथो वर्षको विभिन्न संकायको नतिजा प्रकाशन गर्दै आएको छ। त्रिविले मानविकी तथा व्यवस्थापन संकायतर्फको बिए चौथो वर्षको नतिजा मंसिर १४ गते प्रकाशित गरेको थियो।

यस्तै, त्रिविले हिजो ९आइतबार० शिक्षाशास्त्र संकायतर्फ सञ्चालित चारवर्षे बिएडको नतिजा प्रकाशित गरेको छ। त्रिविका रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालका अनुसार यी परीक्षामा दुई विषयसम्म फेल ९अनुत्तीर्ण० भएकाले तत्कालै मौका परीक्षा दिन पाउनेछन्।

त्रिविले मौका परीक्षाको लागि आवेदन फाराम भर्न केही दिनमै सूचना प्रकाशित गर्ने उनले जानकारी दिए।

‘अहिले स्नातक चौथौ वर्षको नतिजा प्रकाशन भइरहेको छ,’उनले थाहाखबरसँग भने,‘बिबिएस लगायत बाँकी रहेको नतिजा पनि एक दुई दिनभित्रै सार्वजनिक गर्छौं,त्यसपछि मौका परीक्षाको लागि सूचना प्रकाशित गर्नेछौँ, त्यसपछि मौका परीक्षा भइहाल्छ, अबदेखि पहिला जस्तो एक वर्ष कुर्नुपर्दैन।’

त्रिवि प्राज्ञिक परिषद्ले गत साउनमै स्नातक तहअन्तर्गत अन्तिम वर्षको परीक्षामा विद्यार्थीले मौका परीक्षा दिन पाउने निर्णय गरेको थियो। तर,कहिलेबाट उक्त व्यवस्था लागू हुने भन्नेमा विद्यार्थीहरूमा अन्योलता थियो। तर,अब उनीहरूले तत्कालै मौका परीक्षा दिन पाउने भएका छन्।

फारम भर्न ७ दिन दिइने

त्रिविका रजिष्ट्रार प्राडा रिजालका अनुसार यो मौका परीक्षाको लागि फाराम भर्न एक साताको समय दिइने छ। उक्त समय अवधिमा दुई विषयसम्म फेल भएका विद्यार्थीहरूले फारम भर्नुपर्ने छ। ‘स्नातक तहको पहिलो, दोस्रो, तेस्रो वर्षको परीक्षा उत्तीर्ण गरिसकेको तर चौथो वर्षमा एक वा दुई विषय लागेकाले मौका परीक्षा दिन पाउने छन्,’उनले भने।

अहिलेसम्म चार वर्षे स्नातक तहको अन्तिम वर्षको परीक्षामा कुनै एक विषयमा मात्र अनुत्तीर्ण भए पनि उक्त विषयको परीक्षा दिन अर्को वर्षकै परीक्षा अर्थात् एक वर्ष नै कुर्नुपर्ने विद्यार्थीहरूको बाध्यता थियो।

जसकारण माथिल्लो तहमा अध्ययन गर्नबाट उनीहरू वन्चित हुनु परिरहेको छ। तर, अब त्यसरी वर्ष दिन नै परीक्षाको लागि कुर्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ।

एक सातामै नतिजा आउने

त्रिविका रजिष्ट्रार प्राडा रिजालका अनुसार मौका परीक्षा लिएको एक साताभित्र नै नतिजा प्रकाशन गरिनेछ। ‘एक साताभित्रै मौका परीक्षाको नतिजा प्रकाशित हुने छ,’उनले भने,‘त्यसैले पास हुनेहरूले सहजै रूपमा स्नातकोत्तर तहको नयाँ सेमेष्टरमा भर्ना हुन पाउने छन्।’

उनले विद्यार्थीहरूको शैक्षिक वर्ष खेर नजाओस् भन्ने उद्देश्यले यो व्यवस्था गर्न लागिएको बताए। उनले भने,‘यो व्यवस्थाबाट हजारौँ विद्यार्थीहरूलाई सहज हुनेछ।’

यस्तै,त्रिविले स्नातक तह पुनः तीन वर्षे बनाउने योजना पनि बनाएको छ। त्रिविका उपकुलपति प्राडा केशरजंग बरालले नै उपकुलपतिको पद बहाली गर्ने बेला स्नातक तह पुनः तीन वर्षे बनाउने योजना सुनाएका थिए।

तीन वर्षेको व्यवस्था गर्दा पढ्नमा विद्यार्थीहरूमा आकर्षण हुने उनको अपेक्षा छ। त्रिविका उपकुलपति बरालले त्रिविको रिक्त पदमा डीन नियुक्ति भएपछि चार वर्षे स्नातक तहलाई तीन वर्षेमा बनाउन छलफल अगाडि बढाउने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार