ब्लाइण्ड क्रिकेट विश्वकप खेल्ने बागमती प्रदेशका खेलाडीलाई नगद पुरस्कार घोषणा

पाकिस्तानमा जारी ब्लाइण्ड क्रिकेट टी२० विश्वकप खेलिरहेको नेपाली राष्ट्रिय टिममा रहेका बागमती प्रदेशका खेलाडीहरुलाई बागमती प्रदेश खेलकुद विकास परिषदले पुरस्कार घोषणा गरेको छ ।

बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दिपक लामाले विश्वकपमा उच्च प्रदर्शन गर्ने बागमती प्रदेशका चार खेलाडीहरुलाई जनही २० हजार नगदबाट सम्मान गर्ने जानकारी दिए ।

ब्लाइण्ड टिममा बागमती प्रदेशबाट सागर लामा, प्रविन स्याङ्गतान, अमिस गुरागाईँ र सन्त पहारी विश्वकपमा सहभागी छन् ।

चौथो पटक ब्लाइन्ड क्रिकेट विश्वकप खेलेको नेपाली टोलीले पहिलो पटक सेमिफाइनल पुग्दै इतिहास रचेको थियो । ६ टोली सहभागी विश्वकपमा नेपाल चौथो स्थानमा रहँदै सेमिफाइनल पुग्न सफल भएको थियो ।

‘दृष्टिविहीनहरुले पनि खेलमा राम्रो प्रदर्शन गर्न सक्छन् भने उहाँहरुले प्रमाणित गर्नुभएको छ । त्यसमा हामीले सानो सहयोग स्वरुप सम्मान गर्न लागेका हौं’, बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दिपक लामाले भने ।

लिग चरणमा नेपालले अफगानिस्तान र दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । श्रीलंका, बंगलादेश र पाकिस्तानसँग भने नेपाल पराजित भएको थियो । आइतबार विहान भएको सेमिफाइनलमा पनि पाकिस्तानसँग पराजित भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार