यूएईमा जारी एसिसी यू(१९ एसिया कपमा नेपालले आज आफ्नो दोस्रो खेलमा बंगलादेशसँग खेल्दै छ । खेल विहान पौने ११ बजेदेखि दुबईमा सुरु हुने छ ।
पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको नेपाल पहिलो जितको खोजीमा छ । उता बंगलादेशले भने पहिलो खेलमा अफगानिस्तानलाई ४५ रनले पराजित गरेको थियो । बंगलादेश लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ ।
पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको थियो । श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६।२ ओभरमा १७८ रनमा अलआउट भयो ।
नेपाली टोली हेमन्त धामीको कप्तानीमा यूएई पुगेको छ । नेपाल रहेको समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

