कर्णाली याक्सको मुख्य प्रायोजकमा महिन्द्रा अग्नि ग्रुप

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएल टोली कर्णाली याक्सले मुख्य प्रायोजकको रुपमा महिन्द्रा अग्नि ग्रुपसँग सम्झौता गरेको छ।

काठमाडौं शुक्रबार एक कार्यक्रम गर्दै कर्णाली र महिन्द्राबिच सम्झौता भएको हो।

सम्झौतासँगै अब कर्णालीको जर्सीमा महिन्द्र अंकित हुनेछ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आठ टोलीले भाग लिने एनपिएल शनिबारदेखि सुरु हुँदैछ।

शनिबार हुने उद्घाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्सले खेल्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार