उम्मेदवारी दिएका ठाउँमा सरकारविरूद्ध कोण सभा गर्न रास्वपाको सर्कुलर

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले उपनिर्वाचनमा पार्टीबाट उम्मेदवारी दिएका स्थानमा सरकारविरूद्ध कोण सभा गर्न सर्कुलर जारी गरेको छ।

कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले बिहीबार सबै प्रदेश समिति, जिल्ला समितिहरू, निर्वाचन क्षेत्र समिति, पालिका समिति, वडा समिति, केन्द्रीयरप्रादेशिकरपालिका विभाग र निर्वाचन परिचालन समितिलाई केन्द्रीय समितिको निर्णयको सर्कुलर पठाएका हुन्।

‘आसन्न स्थानीय तह उपनिर्वाचनलाई भ्रष्टाचार, बेथिती र प्रतिशोधविरूद्धको अभियानको आन्दोलनकै रूपमा अगाडि बढाउने केन्द्रीय समितिको निर्णय भएकोले आगामी मंसिर ८ र ९ गते देशभरका उपनिर्वाचन हुने स्थानहरूमध्ये हाम्रो उम्मेदवारी रहेको २७ स्थानमा कोणसभा आयोजना गर्नरगराउन निर्देशानुसार अनुरोध गरिन्छ,’ बुर्लाकोटीले पठाएको सर्कुलरमा उल्लेख छ।यही मंसिर १६ गते ३३ जिल्लाका ४४ पदका लागि उपनिर्वाचन हुँदैछ।

सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते सभापति लामिछानेलाई प्रहरीले पक्राउ गरी पोखरा लगेको थियो। पोखरा र रूपन्देहीमा लामिछानेको बयान गरिएको छ।

सभापति लामिछाने पक्राउ परेदेखि नै रास्वपा सडक आन्दोलनमा छ।
वर्तमान सरकारले सभापति रवि लामिछानेलाई प्रतिशोध साँधेर पटक(पटक म्याद थप गरी षड्यन्त्रपूर्वक हिरासतमा राखेको पनि सर्कुलरमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार