असक्षमताको पगरी पाएका आचार्यको उम्मेदवारी घोषणामा चौतारीका पत्रकार साँची !

चितवन । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनको चहलपहल बढेको छ । साउन ६ र ७ गते हेटौंडामा हुने महाधिवेशनका लागि पत्रकारहरुले विभिन्न पदमा उम्मेद्‌वारी घोषणा दिने क्रम सुरु भएको छ ।

यसै क्रममा नेपाल प्रेस युनियनको अध्यक्षमा वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । गृहजिल्ला चितवनमा गएर उम्मेदवारी घोषणा गर्दा आचार्यले एमाले निकट पत्रकारलाई साँची राखेका छन् ।

युनियनभित्र अवसरबादी र असक्षमताको पगरी पाएका आचार्यले काठमाडौंमा उम्मेदवारी घोषणा गर्नका लागि युनियनकर्मी नपाएका कारण गृहजिल्लामा गएर घोषणा गरेको बताइएको छ । युनियनको महाधिवेशन झण्डै ९ वर्षसम्म गराउन नसक्नुमा अध्यक्ष बद्री सिग्देल र वरिष्ठ उपाध्यक्ष आचार्यको बराबर हात रहेको युनियनकर्मी बताउँछन् ।

सक्रिय पत्रकारितामा नरहेका आचार्यलाई धेरै युनियनकर्मीले चिन्दैनन् र चिन्ने सिमित युनियनकर्मी पनि लामो समय महाधिवेशन गराउन कुनै पनि पहल नगरेको र सिग्देलले हालेको चारोमा रमाएर युनियनलाई ध्वस्त पार्न लागेको भन्दै उनीप्रति असन्तुष्ट देखिन्छन् । त्यसैको उपज उनको उम्मेदवारी घोषणा कार्यक्रममा चितवनका युनियनकर्मी पनि उपस्थित नभएको बुझिएको छ ।

गृहजिल्लामा गएर उम्मेदवारी घोषणा गर्दा राम्रो साथ मिल्ने अपेक्षा गरेका आचार्यले आफूनिकट केही युनियनकर्मी मात्र देखेपछि एमाले निकट प्रेस चौतारीका पत्रकारलाई घोषणा कार्यक्रममा बोलाएका थिए । अबसरबादको चरम नमूना देखाउने आचार्य युनियनमा आफ्नो प्रभाव नहुँदा पनि फेरी बार्गेनिङका लागि अध्यक्षमा उम्मेदवारी दिएको उनी निकट नै बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार