काठमाडौं । बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारमा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा प्रतिनिधीसभा सदस्य महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने भएका छन्। विज्ञान, प्रविधि र अनुसन्धान क्षेत्रलाई राष्ट्रिय विकासको प्रमुख आधार बनाउने उद्देश्यका साथ सरकारले गठन गरेको नयाँ मन्त्रालयको नेतृत्व पुनले सम्हाल्ने तयारी गरिएको छ।
नेपालमा नवप्रवर्तन, अनुसन्धान र प्रविधिमैत्री विकासको आवाजका रूपमा परिचित पुनको मन्त्री नियुक्तिलाई धेरैले सकारात्मक रूपमा लिएका छन्।

