तरुण दलको केन्द्रिय तदर्थ समिति विघटनको माग गर्दै प्रदर्शन

काठमाडौं । नेपाल तरुण दलको केन्द्रिय तदर्थ समिति विघटनको माग गर्दै तरुण दल आवद्ध युवाहरुले मोटरसाइकल र्यालीसहित काठमाडौंमा प्रदर्शन गरेका छन् ।

तदर्थ समितिको वैधानिकता सकिएको र वर्तमान समितिले महाधिवेशन गर्न नमिल्ने भन्दै उनीहरूले तरुण दल केन्द्रिय तदर्थ समिति भंग गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै तरुण दलका केन्द्रीय सदस्य रोजन राईले भ्रातृ संगठन तदर्थवादको नाममा एक दशकसम्म रहनुले आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको बताए। उनले तदर्थ समिति बनेको तीन वर्ष भएपनि अध्यक्षले महाधिवेशन गर्ने कुनै क्रियाकलाप नगरेको आरोप लगाए । अधिवेशनको नाममा तरुण दलका सदस्यहरुलाई समेत थाहा नदिई तरुण दलभित्रै हानाहान र काटमारको अवस्था सिर्जना गरेको आरोप लगाए । उनले काँग्रेसले अन्तिम पटक भन्दै समय थप्दा २०८१ चैत मसान्तबाट स्वतः विघटन हुने भन्ने भाषाको मर्म, धर्म र नैतिकतालाई आत्मसात गर्दै नयाँ तदर्थ समितको माग गरे ।

उनले भने, ‘तदर्थ समितिको मूल उद्देश्य र पार्टीले दिएको मूल जिम्मेवारी नै तरुण दलको महाधिवेशन हो भनेर हामी केन्द्रीय सदस्यहरूले भनिरहँदा उहाँ भने काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर लागिरहनुभयो। कहिले भइरहेको तरुण दलको घर भत्काएर नयाँ घर बनाउने भन्दै लाग्नु भयो । तरुण दलको सार्वजनिक सम्पत्ति घर बनाउँदा होस वा भत्काउँदा केन्द्रिय समितिलाई जानकारी हुन पर्दैन र रु तरुण दलको अधिवेशन कुन कुन जिल्लामा हुदैछ, को को केन्द्रीय प्रतिनिधि तोकिँदै छ केन्द्रिय समितिले थाहा पाउनु जरुरी छैन र रु यसैको परिणाम आज तीन वर्ष सम्म पनि महाधिवेशनमार्फत तरुण दललाई नयाँ नेतृत्व हस्तान्तरण गर्न नसक्ने असक्षम नेतृत्वको साक्षी बस्नु परिरहेको छ ।’

नेपाल तरुण दल विगत ९ वर्षदेखि तदर्थ समितिको भरमा चलिरहेको छ । २०७३ सालमा पोखरामा भएको महाधिवेशनपछि तरुण दलको महाधिवेशन भएको छैन ।

सम्बन्धित समाचार

ताजा समाचार