सुदूरपश्चिम प्रदेशः मन्त्रिमण्डल हेरफेर

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले संविधानले दिएको अधिकार प्रयोग गरेर मन्त्रिमण्डल हेरफेर गरिएको बताएका छन् । नेकपा एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेपछि आयोजित पत्रकार सम्मेलनमा उनले संवैधानिक अधिकार प्रयोग गरेर मन्त्रिमण्डल हेरफेर गरिएको बताएका हुन् ।

‘मैले संविधान त दिएको अधिकार प्रयोग गरेर आज वर्तमान मन्त्रिमण्डलको हेरफेर तथा कार्य विभाजन गरेको छु,’ मख्यमन्त्री शाहले भने, ‘त्यसकारणले त्यसलाई त्यही रूपमा बुझ्ने यहाँहरुलाई आग्रह गर्छु ।’

जिम्मेवारी हेरफेर गर्ने र कार्य विभाजन तोक्ने सन्दर्भमा निर्णय लिएको शाहको भनाइ छ । ‘अरु कुनै कारणले चाहिं बर्खास्त भन्ने होइन कि जिम्मेवारी हेरफेर गर्ने सन्दर्भमा र कार्य विभाजन तोक्ने सन्दर्भमा निर्णय लिएको हो,’ उनले भने ।

१ असारमा संसद्मा बजेट प्रस्तुत भइकेपछि सत्ता साझेदार एमाले र आफ्नोबीचमा विभिन्न चरणमा संवाद निरन्तर चलेको र आजका मितिसम्म पनि संवाद कायमै रहेको मुख्यमन्त्री शाहले बताए ।

सम्बन्धित समाचार

ताजा समाचार