काठमाडौं । कान्तिपुर पब्लिकेशन, अनलाइन खबर लगायत मिडियाका अफिस अगाडि शंकास्पद गाडी पार्किङ गरिएको बिषयले यतिबेला बजार तातेको छ ।
प्रवेशद्वारमा अवरोध पुग्ने गरी बिहान साढे ७ आसपास दुबै मिडिया हाउसको गेटमा गाडी पार्किङ गरिएको थियो । कान्तिपुरको तीनकुनेस्थित कार्यालयको गेटमा पार्क गरिएको गाडीका कारण पत्रकारहरूलाई सवारीसहित आवतजावत गर्न बाधा पुगेको र टेलिभिजनको गाडी भित्रबाहिर गर्न सकिएको थिएन ।
रिपोर्टिङमा जान पत्रकारहरू रोकिएपछि यस बिषयमा प्रहरीलाई जानकारी गराईएको थियो । अनलाइनखबरको नयाँबानेश्वरस्थित अफिसको गेट अगाडि पनि गाडी रोकिदा झन्डै गेटको आधा भागसम्म गाडीले ढाकेको थियो । अहिले उक्त शंकास्पद गाडीलाई प्रहरीको सहायतामा क्रेनले तानेर अनुसन्धान शुरु गरिएको छ ।

