जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुर । जबरजस्ती करणी मुद्दामा अदालतबाट कैद सजाय ठहर भई फरार रहेका एक प्रतिवादीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत कञ्चनपुरको २०७१ मंसिर २४ गते को फैसलाले जबरजस्ती करणी मुद्दामा १ वर्ष १० महिना ५ दिन कैद सजाय तोकिएका बेदकोट नगरपालिका–४ बगुन निवासी ३९ वर्षीय देबराज भट्टलाई अस्थायी प्रहरी बिट दैजीबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो उनकै घरबाट पक्राउ गरेको हो।

फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका भट्टलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार