काठमाडौं । नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले सरकारले वित्तिय अनुशासन कायम नहुने गरी बजेट विनियोजन गरेको आरोप लगाएकी छन् । शुक्रवार राष्ट्रिय सभामा विभिन्न मन्त्रालयहरुको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले उक्त कुरा बताएकी हुन् । सांसद झाँक्रीले साना साना आयोजनहरुका लागि विनयोजन गरिएको बजेटलाई हेर्दा सरकारले वित्तीय अनुशासन पालना नगर्ने स्पष्ट भएको दाबी गरिन् । उनले अर्थमन्त्री स्वर्णिम वाग्ले अर्थतन्त्रको स्वरुप परिवर्तन गर्ने भनेपनि सोहीअनुसार बजेट नआएको जिकिर गरिन् ।
सांसद झाँक्रीले भनिन्,‘राज्यको अर्थतन्त्रको स्वरुप परिवर्तन गर्ने भन्नु भएको छ । त्यो स्वरुप कसरी परिवर्तन हुन्छ ? बजेटमा त केही पनि देखिँदैन । र वित्तिय अनुशासनको दृष्टिले हेर्ने हो भने साना साना स्केलका कार्यक्रमहरुलाई जसरी राखिएको छ । त्यसले वित्तीय अनुशासन कायम गर्ने कुरा देखिँदैन । बजेटमा पुरानै कुराहरु छन् । तर यसका लागि बजेट देखिँदैन । यसले कसरी मुलुकको अर्थमन्त्रीलाई समृद्ध बनाउन सक्छ ?’
साँसद झाँक्रीले बजेटले जनताको समृद्धिको अभियानलाई छुन नसकेको पनि बताएकी छन् ।

