काठमाडौं । एमाले नेता एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैर कानुनी रूपमा थुनामा राखिएको दाबीसहित परेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि मङ्गलवार सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ ।
न्यायाधीशहरू टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको इजलासले निवेदनमाथि सुनुवाइ गर्नेछ । विशेष अदालतले पौडेललाई थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएपछि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन परेको थियो ।
पदमा हुँदा गैर कानुनी रूपमा लाभ लिएको र अपराधबाट सम्पत्ति जोडेको आरोपमा अनुसन्धानका लागि भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई पक्राउ गरेको थियो ।

