रास्वपा महाधिवेशनः रवि लामिछानेको महत्त्वपूर्ण राजनीतिक प्रस्ताव

काठमाडौं । चितवनको भरतपुरमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा पार्टी सभापति रवि लामिछानेले महत्त्वपूर्ण राजनीतिक प्रस्ताव अघि सारेका छन् ।

राजनीतिक प्रतिवेदन पेस गर्दै लामिछानेले रास्वपा प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा रहेको बताएका छन् । साथै, राष्ट्रिय सभालाई गैरदलीय विशेषज्ञ सभामा रूपान्तरण गरी त्यसको अध्यक्ष उपराष्ट्रपति हुने व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि उनले राखेका छन् ।

संविधान संशोधनको विषयमा लामिछानेले यो कुनै एक दलको घोषणा नभई राष्ट्रको साझा दस्तावेज भएको र यसमा सुशासन, स्थायित्व, प्रतिनिधित्व र नागरिकको हितलाई आधार बनाउनुपर्ने बताए ।

वैचारिक धारसम्बन्धमा उनले रास्वपा न परम्परागत वामपन्थी, न दक्षिणपन्थी भएको स्पष्ट पार्दै मिश्रित, सन्तुलित र परिस्थिति अनुकूल दृष्टिकोणमा विश्वास राख्ने बताएका छन् । महाधिवेशनपछि पार्टीको मूल राजनीतिक सिद्धान्त सामाजिक लोकतन्त्र हुने उनले जानकारी दिए ।

यस्तै लामिछानेले दलहरू एक अर्काका शत्रु नभएका बरु साझा शत्रु भनेको गरिबी, भ्रष्टाचार र कुशासन रहेको बताएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार