चितवनमा राजनीतिक ‘हाइ भोल्टेज’ माहोल, बालेन–रवि–गगन एकै मञ्चमा

काठमाडौं । नेपालको राजनीतिक इतिहासमा दुर्लभ मानिने दृश्य आज चितवनमा देखिने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा देशका तीन अलग राजनीतिक धारका चर्चित अनुहारहरू एउटै मञ्चमा देखिने भएका छन्।

भरतपुरको गेस्ट हाउस चौरमा दिउँसो १ बजे सुरु हुने उद्घाटन समारोहमा रास्वपा सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपाली कांग्रेसका युवा नेता गगन थापा एउटै मञ्चमा देखिने तयारीले राजनीतिक वृत्तमा ठूलो चासो पैदा गरेको छ।महाधिवेशनका लागि रास्वपाका प्रतिनिधिहरू केही दिनदेखि नै चितवनमा केन्द्रित छन्। पार्टी नेतृत्वले देशभरबाट आएका प्रतिनिधिहरूलाई स्वागत गर्दै संगठन विस्तार र आगामी राजनीतिक यात्राबारे छलफल अघि बढाएको छ।उद्घाटन समारोहलाई विशेष बनाउने उद्देश्यसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई समेत आमन्त्रण गरिएको छ।कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी हुने भएका छन्। उनी दिउँसो १२ः ४५ बजे भरतपुर विमानस्थल अवतरण गर्ने कार्यक्रम छ।नेकपा एमालेका तर्फबाट नेता प्रदीप ज्ञवाली सहभागी हुने तय भएको छ भने नेकपा (माओवादी केन्द्र) बाट नेता वर्षमान पुन उपस्थित हुनेछन्।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि कार्यक्रम स्थलमा पुगिसकेका छन्। उनी प्रधानमन्त्री बालेन शाहसँगै एउटै फ्लाइटमा चितवन पुगेका हुन्।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भने कार्यक्रममा सहभागी नहुने भएका छन्। उनले रास्वपाले आफ्नो धारणा स्पष्ट नगरेको भन्दै निमन्त्रणा अस्वीकार गरेका हुन्।

सम्बन्धित समाचार

ताजा समाचार