सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै दुई मन्त्रीलाई जिम्मेवारी दिएका छन्। आज आयोजित विशेष समारोहमा रामचन्द्र पौडेल समक्ष सुधन गुरुङले गृहमन्त्री तथा महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू तथा सांसदहरूको उपस्थिति रहेको थियो।

सुधन गुरुङ यसअघि पनि गृह मन्त्रालयको नेतृत्वमा थिए। उनको सम्पत्ति विवरण सम्बन्धी विवादपछि उनले पदबाट राजीनामा दिएका थिए।

महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनी जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका रूपमा कार्यरत थिए।

सम्बन्धित समाचार

ताजा समाचार