काठमाडौं । सरकारले स्वदेशी दुग्धजन्य उत्पादनको प्रवर्द्धनलाई प्राथमिकता दिएको संकेतस्वरूप आजको मन्त्रिपरिषद् बैठकमा दुग्ध विकास संस्थान (डीडीसी) का विभिन्न उत्पादन वितरण गरेको छ।
बैठकमा सहभागी प्रधानमन्त्री तथा मन्त्रीहरूलाई डीडीसीका दूध, दही, पेँडा, केशर दूध, बटर र चिजलगायतका उत्पादन समेटिएका प्याकेट उपलब्ध गराइएको छ।
वर्षौंदेखि नेपाली बजारमा दूध तथा अन्य दुग्धजन्य सामग्री उपलब्ध गराउँदै आएको डीडीसीले शुद्ध र गुणस्तरीय उत्पादनमार्फत उपभोक्ताको विश्वास कायम राख्दै आएको छ। सरकारको यो पहलले संस्थानको बजार विस्तार तथा स्वदेशी उत्पादनप्रति जनचासो बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसअघि बालेन्द्र शाह ले पनि डीडीसीका उत्पादनको प्रचार–प्रसार गर्दै स्वदेशी वस्तुको प्रयोग बढाउनुपर्ने सन्देश दिएका थिए।

